वराहक्षेत्र । चतरामा निर्माणाधीन १५ शय्याको प्राथमिक चतरा अस्पताल को काममा लगाएको  भनिएको गुणस्तरहीन इँटा हटाउन ठेकेदार सहमत भएपछि रोकिएको काम सुचारु हुने भएको छ ।

बिहीबार नगरपालिकाको कार्यालयमा ठेकेदार कम्पनी एमएस प्रतिष्ठा के एन्ड केजी ज्वाईन्ट भेन्चर तथा सरोकारवाला बिच भएको एक बुदे सहमति पछि काम सुरु हुने भएको हो ।

कमसल इँटा र बालुवा प्रयोग गरिएको भन्दै आइतबार नगरप्रमुख लगायतले गरेको अनुगमन पछि रोकिएको काममा ठेकेदारले, अस्पतालको भित्तामा लगाएको बिडिआर ब्रान्डको सम्पूर्ण इँटा हटाउन सहमत भएको नगरप्रमुख रमेश कार्कीले बताए । कम्पनीले सो ब्रान्डको १ लाख ३० हजार इँटा सप्तरी जिल्ला वाट मगाएको थियो । 

 ‘निर्माणाधीन १५ शय्याको अस्पताल निर्माण कार्यमा कमसल सामाग्री प्रयोग गरी भवन निर्माण भइरहेको भन्ने सन्दर्भमा कमसल कामलाई भत्काई ठेकेदार कम्पनीले प्राविधिक अनुगमन समितिको निगरानीमा कमसल सामाग्री हटाई पुनः निर्माण कार्य सुचारु गर्ने निर्णय गरियो’ । व्योहोरा भएको सो सहमतिमा ठेकेदार कम्पनीका प्रमुख कविराज खड्का, नगरप्रमुख कार्की लगायत चतरा अस्पताल प्रशासन, व्यवस्थापन तथा अनुगमन समिति यसै गरी प्राविधिक इन्जिनियर र लेखा अधिकृत लगायतले हस्ताक्षर गरेका थिए ।

सहमतिमा ठेकेदार, अस्पताल व्यवस्थापन समिति र नगरपालिकाको १,१ जना रहने गरी ३ सदस्य अनुगमन समिति समेत गठन गर्ने निर्णय गरिएको भए पनि काम कहिले वाट सुरु गर्ने सो को मिति भने उल्लेख गरिएको छैन ।

ठेकेदार कम्पनीले कमसल बिडीआर इँटा प्रयोग गरेको र  प्लास्टर गर्ने बालुवाले इँटा जडान गरिएको वार्ड नं २  तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष होम प्रसाद गौतमले बताए । 

सुनसरी मोरङ सिँचाइ योजनाको २५ कट्ठा जग्गामा संघीय सरकारको करिब ११ करोड रुपैंयाको अनुदानमा बन्दै गरेको सो अस्पतालको काम यस अघि पनि विवादित बन्दै काम रोकिँदै आएको छ ।

गत सालको असोज महिनामा पनि कमसल इँटा प्रयोग गरेको भन्दै तत्कालीन वार्ड अध्यक्ष हरिकृष्ण भट्टराईले काम रोकेका थिए , बर्दिया वाट मगाइएको भनिएको सुपर र हिरा ब्रान्डको इँटाको ल्याब टेस्टमा पास भएको भन्दै फेरी पनि अस्पतालको जगमा प्रयोग गरिएको थियो । भने नगरपालिकाले पेमेन्ट दिएको भन्दै ठेकेदारले करिब ७ महिना काम रोकेको थियो ।