झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधबार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
बुधबार साँझ झापाको कमल गाउँपालिका – ५ पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बागमति प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले साईकल यात्री तुम्बेवा गाउँपालिका-५ पाँचथरका १६ बर्षीय संजिप ईम्सम लिम्बुलाई ठक्कर दिंदा लिम्बुको घटनास्थलमै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैगरी सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ४ मा भारतिय नम्बर प्लेटको स्कारपियोले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
बुधबार साँझ सुनसरीको इनरुवाबाट लौकही तर्फ जाँदै गरेको बीआर ११ पीबी ८०१२ नम्बरको स्कारपियोले विपरित दिशाबाट आउदै ना ६३ प ४०७५ नम्बरको मोटरसाईकललाई टक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बर्दिबास नगरपालिका ६ धनुषाका ३० बर्षीय बालकृष्ण राना मगरको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।