मोरङको सुन्दरहरैचामा ५ वर्षीय बालककाे पैनिमा बगाएर मृत्यु भएकाे छ । 

नगरपालिका ४ मा घर छेउमा रहेको पैनीले हरि खड्काको ५ बर्षीय छोरा प्रदिप खड्कालाइ बगाएर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय बेलवारीले जनाएकाे छ । कार्यालका अनुसार आज बिहान साँढे ९ बजेको समयमा पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारको लागी बेदान्त अस्पताल इटहरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएकाे हाे । 

घटनाकाे जानकारी पाएसंगै घटनास्थल पुगेकाे प्रहरी टाेलिले घटना सम्बन्धमा अनुसन्धान भइरहेको जनाएकाे छ।