भद्रपुर । कालीमन्दीर टोल विकास संस्थाको अध्यक्षमा महेशप्रसाद घिमिरेसहित ११ जना सर्वसम्मत चयन गरिएको छ । भद्रपुर नगरपालिका वडा नम्बर ७ भित्र रहेका विभिन्न टोल विकास संस्थामध्ये सोमबार अपरान्ह् बसेको कालीमन्दीर टोल विकास संस्थाको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।
गठित दुइबर्षे कार्यकालका लागि उपाध्यक्षमा टिका दुलाल,सचिवमा उत्तम नेपाल –हुतराज)कोषाध्यक्ष हिमा न्यौपाने र सहसचिवमा रुपा राई सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा झमक बहादुर बस्नेत, जीवनमणि लम्साल, प्रभा खनाल, दिलकुमार राई, हरि कोइराला र अञ्जली बस्नेत चयन भएको निर्वाचन मण्डलीका संयोजक राजन नेपालले जानकारी दिए ।
पुरानो कार्यसमिति विघटन गरी संयोजक नेपाल र सदस्यमा केशव न्यौपानेलाइ निर्वाचन मण्डलीको जिम्मेवारी दिइएको थियो । भेलाबाट अध्यक्ष पदमा झमक बहादुर बस्नेत, जीवनमणि लम्साल, प्रभा खनाल, दिलकुमार राई र महेश प्रसाद घिमिरेले उम्मेदवारी घोषणा गरेका थिए ।
अध्यक्ष वाहेक अन्य पदमा निर्विरोध भएपनि अध्यक्ष पदका लागि उम्मेदवारबिच केहीबेर सहमतिका लागि समय प्रदान गरिएको थियो । गहिरो छलफल पश्चात घिमिरेलाइ अध्यक्ष स्वीकार गर्दै अन्य उम्मेदवारले सदस्य पदमा रहने सहमति भएपछि सर्वसम्मत रुपमा समितिको पद पूरा भएको निर्वाचन मण्डलीका सदस्य केशव न्यौपानेले जानकारी दिए । समिति चयनमा वडाअध्यक्ष अभिषेक ढुङ्गानाले सहजीकरण गरेका थिए ।
संस्थाका अध्यक्ष जगन्नाथ खतिवडाको सभापतित्व तथा वडाअध्यक्ष ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य सिता गुरागाँइ,वडासचिव यमनाथ पौडेल लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । सस्ंथाका कोषाध्यक्ष प्रभा खनालले स्वागत तथा सचिव मातृका तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
टोल विकास संस्थामा रहेर स्थानीयका समस्या, विकास निर्माण, आपत्कालिन समयमा वडा तथा नगरसँग समन्वय लगायतका महत्वपूर्ण जिम्मेवारी समितिको हुने कानुनमा उल्लेख छ । टोलमा हाल १ सय ७५ घर धुरी रहेका छन् ।