धनकुटा । आठ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.७ घर भएका एक १५ वर्षीय बालक पक्राउ परेका छन् ।
घटना गएको असार २८ गते अन्दाजी दिउँसो १२ बजेको हो । पीडित बालिकाको आफन्तले आइतबार जितपुर प्रहरी चौकीमा उजुरी दिएका थिए ।
बालिकाको परिवारले दिएको उजुरीको आधारमा करणी गर्ने बालकलाई प्रहरीले पक्राउ गरी सोमबार जिल्ला अदालत धनकुटामा म्याद थप गरेर आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं.७ स्थित लक्ष्मी खोलामा पौडी खेल्न जाने क्रममा ८ वर्षीया बालिकालाई ललाई फकाइ नजिकैको सामुदायिक वनमा जबरजस्ती ती बालकले करणी गरेको आफन्तले प्रहरीलाई दिएको उजुरमा उल्लेख छ ।