भद्रपुर ।  झापा हल्दीबारीका एक पुरुषले स्थानीय १२ वर्षीया बालिकालाई गर्भवती बनाएको परिवारले आरोप लगाएका छन् । ती पुरुषबाट बालिकाको २८ हप्ताको गर्भ रहेको समेत दावी गरेका छन् । पुरुषबाट बलात्कृत भएको बताएपछि परिवारजनले सोमबार जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका छन् ।

बालिका बलात्कार गरेको आरोपमा परिवारबाट जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परेको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीले सोही उजुरीका आधारमा आरोपीतलाई पक्राउ गरेको डएसपी पाठकले जानकारी दिए । उनलाई प्रहरीले सोमबार दिउँसो हल्दीबारीबाटै पक्राउ गरेको उनले बताए । 

पीडित बालिकालाइ स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकोले रिपोर्ट नआएसम्म थप केही भन्न नमिल्ने उनको भनाइ छ  । घट्ना भएको हो तर, प्रमाण नजुटेसम्म पीडकको नाम पनि गोप्य राखिएको उनले बताए । घट्ना के कारणले भएको भन्ने विषयमा प्रारम्भिक अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए । पक्राउ पर्ने व्यक्ति चालक भएको बुझिएको छ ।