धरान । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित गैँडे सामुदायिक वनबाट काठ तस्करी हुँदै गरेको अवस्थामा प्रहरीले काठसहित मारुती भेन नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ६ बजेतिर ४० क्यू. फिट सखुवाको चिरान काठसहित मारुती भेन नियन्त्रणमा लिएको हो । मे.१ च ११६४ नम्बरको मारुती भेनलाई नियन्त्रणमा लिइएको हो ।

काठ लोड गरी लाँदै गरेको अवस्थामा कन्काई नगरपालिका–४ बाट नियन्त्रणमा लिइएको थियो । बरामद काठ र गाडी सामुदायिक वनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।