सुनसरीकाे इनरुवाबाट २ सय बढी लागुऔषध गाँजा सहित प्रहरीले १ जनालाइ पक्राय गरेकाे छ । 

इनरूवा नगरपालिका ४ नम्बर वडास्थित  बसचाेकमा चेक जाचकाे क्रममा पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को १ ख २९२६ नम्बरको  पिकअप भ्यानमा ७ बोरा २०८ केजी गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्याल, सुनसरीले जनाएकाे छ । 

कार्यालयका अनुसार अदुवा बाेकेको उक्त पिकअप  भित्र लुकाएर ल्याउदै गरेकाे अवस्थामा उक्त परिमाणकाे गाँजा बरामद भएकाे हाे । गाँजासंगै उक्त पिकअपका चालक धनकुटा जिल्ला शहिदभूमी २ का वर्ष २१ का तेज राई लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेकाे कार्यालयले जनाएकाे छ । 

त्यस्तै,  शनिबार दिउँसो ३ बजे  अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेराे  चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ । 

 गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाउँपालिकापा ५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ  ।