झापाकाे एक चिया बगानकाे रूखमा झुन्डिएकाे अवस्थामा तीन किशाेरीकाे शव फेला पारेकाे छ । 

 जिल्लाकाे कचन कवाल गाउँपालिका ५  पाठामारीको बेल्लेगाँउमा रहेकाे सुनकोशी चिया बगानकाे बयरकाे रूखमा झुण्डीएकाे अवस्थामा चिया बगानमै काम गर्ने स्थानिय १६ वर्षीया करिना गणेश, १७ वर्षिया अञ्जली गणेश र १६ वर्षिया कल्पना गणेशको शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताएका छन् । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

 हिजाे ( शनिबार) दिउसाेबाट हराएका उनिहरूकाे खाेजिकार्य भइरहेकाे थियाे  ।  आइतबार बिहान साढे ७ बजे रूखमा झुन्डिएकाे अवस्थामा स्थानियले देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।  " हामी घटना स्थलमै छाैं ।  दाम्लो,  प्लाष्टिकको डोरी र  गम्छाकाे पासाे लगाएर  झन्डिएकाे अवस्थामा शव फेला परेकाे छ ।   " डिएसपी पाठकले भने " घटना स्थलकाे मुचुल्का उठाउने काम भइरहेकाेले अहिले नै घटनाकाे बारेमा केही भन्न सक्ने अवस्था छाैं । "