भोजपुर । भोजपुरको हतुवागढी गाउपालिका.८ पात्लेपानीका सुमोत राई र भक्त बहादुर थापा लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका छन । २५ बर्षिय राई र ४३ बर्षिय थापा ३ सय मिलिग्राम ब्राउन सुगर सहित हतुवागढी ९ हसनपुर स्थित गैरी गाँउबाट पक्राउ परेका हुन् ।

धरानबाट पात्लेपानी घर आउने क्रममा प्रहरी चौकी हसनपुरबाट खटिएको गस्ति टोलीले उनिहरुलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला पारिएको हसनपुरका प्रहरी सहायक.निरिक्षक कमल श्रेष्ठले बताए ।

पक्राउ परेका उनिहरु माथि लागुऔषध ओसारपसार कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारीले जानकारी दिए । भोजपुरमा पछिल्लो समय आगुऔषध ओसारपसारका साथै दुव्र्यशनी समेत बढेको प्रहरीले जनाएको छ ।