साेलुखुम्बुमा एक घरमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएकाे छ । जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं ५ स्थित खालिङमा गएराति विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय इन्द्रबहादुर राईको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ।
कार्यालयका अनुसार राईको टिनले छाएको दुई तले कच्चि घरसंगै अन्नपात, लत्ताकपडा, भाँडावर्तन जल्ला करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएकोे छ।
रातिबाट नै सुरु भएको आगलागी घर लजेर पूर्णरुपमा नष्ट भएपछि मात्रै बिहान करिब ६ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। पानीको अभाव हुँदा आगो नियन्त्रणमा समस्या भएको थियो।