पथरी । मोरङको कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा भेटेरिनरीसम्बन्धी सामग्री वितरण गरेको छ । बिहीबार अभियान नेपालले एक कार्यक्रमको आयोजना गरी

भेटेरिनरी औषधि, विभिन्न सामग्री र तराजु वितरण गरेको हो । गाउँपालिकाको ४ लाख २० हजार र हेफर प्रोजेक्ट नेपालको २ लाख ८४ हजार १ सय गरी जम्मा ६ लाख ६ हजार १ सयको सामग्री वितरण गरेका थिए । कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इब्नाम, उपाध्यक्ष भोला अधिकारी र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले सो सामाग्री वितरण गरेका हुन् ।

कार्यक्रममा दीपा योगी, दिनेश बुढाथोकी, रविन रिजाल र मदन भण्डारीलाई माइक्रोसफ्ट १ थान, ट्याग मेसिन, कुल बक्स, रकेट लन्चर र भेटेरिनरी  मेसिन एक सेट प्रदान गरेका  थिए । त्यसैगरी गाउँपालिकाका  ७ वटै वडाका विभिन्न समूहलाई  डिजिटल नाप तौल गर्ने मेसिन  हस्तान्तर गरेका छन् । समूहका  प्रतिनिधि गोमा भण्डारी, शारदा  सुवेदी, टीका बस्नेत, रमा ढकाल,  शान्ता मगर र सरु लिम्बूलाई  डिजिटल नाप तौल गर्ने मेसिन   प्रदा गरिएको थियो । 

त्यसैगरी मोरब र झापाका  दीपक फुयाल, प्रसाद गुरागाईं,  पदमकान्त सिवाकोटी, कृष्ण भण्डारी, भोजराज घिमिरे, राजन श्रेष्ठ, गोमा नेपाल, कोपिला खुलाल, थिरेन्द्र अधिकारी, नूतन दाहाल, लक्ष्मी गौतमलाई सर्जिकल सेट, कुल बक्स, लार्ज बुड्डीजो जस्ता प्रदान गरिएको थियो ।

कार्यक्रमको  अध्यक्षता प्रेम गिरीले गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इब्नाम, उपाध्यक्ष भोला अधिकारी, ६ नम्बर वडाध्यक्ष खड्ग बस्नेत, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम प्रबन्धक दीपेश  पोख्रललगायतले मन्तव्य दिएका थिए ।

यसअघि पनि कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारीमा महिला उद्यमी समूहलाई ९ वटा बिउ बोका वितरण गरेको थियो । पालिकाको ७ वटै वडामा गएर ९ वटा महिला उद्यमी समूहलाई ३ लाख ७९ हजार बराबरको ९ वटा सिरोही जमुना पारि (बोयर क्रस) बोका निःशुल्क वितरण गरेका थिए ।

अभियान नेपालले पालिकाको १, ३, ४, ६ र ७ एक–एकवटा र वडा नं. २ र ५ मा दुई –दुई वटा महिला उद्यमी मूल समूह गठन भएको छ ।