धरान उपमहानगरपालिकामा विभिन्न घटनामा फरर रहेका ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्ने हरूमा विभिन्न समयमा धरान क्षेत्र भित्र लुटपाट तथा गुण्डागर्दी पूर्ण आतङ्क फैलाउने गरी हतियार प्रहार गरी फरार रहेका फरार हुनेहरू रहेका छन् ।
पक्राउ पर्नेहरूमा खरायो भनिने दिवस राई, नकुल राई, टाउके भनिने सुरज राई, विदुर राई, पप्पु भनिने योगेश तामाङ, कान्छा भन्ने निश्चल राई र रोजन लिम्बु रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ परेकाहरू मध्ये दिवस राई गत वर्ष साउन ११ गते धरान ११ का किरण तामाङलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका थिए नलाई पनि प्रहरीले धरान २० स्थित चाँदी बजार भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
त्यस्तै, धरान २० बाट साउन ४ गते प्रहरीले पक्राउ गरेका नकुल राई असार ३ गते राती धरान १८ स्थित बीपी सुन्दर बजारमा तीर्थबहादुर दाहाललाई घेरा हालेर मोवाइल, नगद लुटपाट गर्ने कार्यमा संलग्न रहेको कार्यालयले जनाएको छ ।
लुटपाटमा संलग्न नकुलमाथि पनि सुनसरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
त्यसै गरी, गत असार ३० गते राती टिकाराम राईसहित केही व्यक्तिहरूलाई धारिलो धारिलो हतियार प्रहार गरी फरार रहेका सुरज, विदुर, योगेश, निश्चल र रोजनलाई धनकुटाको साँगुरीगढी गाउँपालिका ५ सिंकुला भन्ने ठाउँबाट पक्राउ गरेको कार्यालयले जनाएको छ पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले तीन थान घरेलु हतियार पनि बरामद गरेको छ ।
हतियार सहित पक्राउ परेका उनीहरूमाथि  १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । 
काँग्रेसले बुझायो ज्ञापन पत्र
पछिल्लो समय धरानमा चोरी, लुटपाट तथा हतियार प्रहार जस्ता आपराधिक घटनाहरू बढ्दै गएको  छ । धरान उपमहानगरपालिका भित्र यसरी दिनदहाडै हुने आपराधिक घटनाले प्रश्रय पाइरहेको भन्दै नेपाली काँग्रेस धरान उपमहानगर समितिले  इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानका कार्यालय प्रमुखलाई  ज्ञापन पत्र बुझाएको छ ।
विभिन्न साङ्घातिक हमला तथा धरान २० का गणक माथि भएको गोली प्रहारले उपमहानगर बासीले आफ्नो जिउ धनको  शान्ति सुरक्षाको महसुस गर्न नसकेर आतङ्कित हुनुपरेका भन्दै समितिले  इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई र इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठलाई सो ज्ञापन पत्र बुझाएका छन् ।
भट्टराई र श्रेष्ठले जनताको शान्ति सुरक्षा कायम गर्नु नै पहिलो प्राथमिकता रहेको बताएका छन् । 
                    
        
                                        
                                                                                                
        































