मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ बालकको मृत्यु भएको छ ।
बिहिबार दिउँसो सुनसरीको कोशी गाउपालिका ५ कुमियाही स्थितमा रहेको कुमियाही खोलाले बगाउँदा ९ वर्षीय बालककाे मृत्यु भएकाे हाे । खाेलामा नुहाउने क्रममा स्थानीय नजारुल हकका छोरा नफाजल हक पानीमा डुबी मृत अवस्थामा फेला परेका १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
त्यस्तै, मोरङको जहदा गाउँपालिका ७ का अशोक मण्डलको ११ बर्षीय छोरा तरुण मण्डल घर नजिकै रहेको खहरे खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा फेला परेकाे कार्यालयले जनाएकाे छ । मृतक लाशलाई पोष्टमार्टमको लागि अस्पताल पठाईएको र घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।