भोजपुर । भोजपुरको छचौतारामा ट्याक्टरको ठक्करबाट पाच वर्षीय बालक मेन्सन तामाङको मृत्यु भएको छ । मे १ त ७४४४ नम्बरको ट्याक्टरको ठक्करबाट भोजपुर नगरपालिका १२ टक्सारका रामबहादुर तामाङका पाच बर्षिय छोराको बिहिबार बेलुकी मृत्यु भएको हो ।
भोजपुर देखि पिखुवा खोला जादै गरेको ट्याक्टरले ठक्कर दिदा मेन्सनको घटना स्थलमै मृत्यु भएको ट्राफिक प्रहरी जवान बिक्रम राईले बताए । घटना पछि ट्याक्टर सतिह चालक आमचोक गाउपालिका ९ दुुम्मानाका राजु राईलाई नियन्त्रणमा लिईएको छ । बालकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।