विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका –  २ गंगाचौकमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  भारतीय नम्बर प्लेटको ट्रेलेरको ठक्करबाट आज विहान ६ बजे मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका – ७ का २७ वर्षीय हर्क परियार र २१  वर्षीय भिम बहादुर राई रहेको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नं. प्लेटका एफ आर ३८ एफ २२१० नम्बरको ट्रेलर गाडीले  सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटसाइकल चालक परियार र  सवार राई घाइते भइ उपचारको क्रममा विराट मेडिकल केलजमा दुवै जानको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले भारतीय नम्बर प्लेटको सवारी र चालक दुवै जानलाई नियन्त्रणमा लिएको छ ।