धरान । सानिमा बैङ्कले नयाँ आर्थिक वर्षलाई लक्षित गर्दै सम्पूर्ण निक्षेप खातामा मासिक ब्याज प्रदान गर्ने गरी योजना ल्याएको छ ।

बैङ्कले न्यूनतम् अवधिमा पाँच गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।सोहीअन्तर्गत रेमिट्यान्स (विप्रेषण) धमाका मुद्दती खाता, धमाका मुद्दती खाता, कर्पोरेट धमाका खाता सञ्चालनमा ल्याएको छ ।

विप्रेषण धमाकामा ५.७८ वर्षमा दुई गुणा, ९.१८ वर्षमा तीन गुणा, ११.५८ वर्षमा चार गुणा र १३.४५ वर्षमा पाँच गुणा ब्याज दिने जनाएको छ । यसका लागि न्यूनतम् मौज्दात पाँच लाख रुपैयाँ हुनुपर्ने छ ।

सानिमा धमाका मुद्दती खातामा ६.३२ वर्षमा दुई गुणा, १०.०१ वर्षमा तीन गुणा, १२.६३ वर्षमा चार गुणा र १४.६६ वर्षमा पाँच गुणा दिने भएको छ । यसका लागि पनि न्यूनतम् मौज्दात पाँच लाख रुपैयाँ नै हुनुपर्ने व्यवस्था छ ।

सानिमा कर्पोरेट धमाका मुद्दती खातामा ६.९४ वर्षमा दुई गुणा, ११ वर्षमा तीन गुणा, १३.८८ वर्षमा चार गुणा, १६.१२ वर्षमा पाँच गुणा हुने नायव प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले जानकारी दिए । उनका अनुसार यसका लागि न्यूनतम् मौज्दात १० लाख रुपैयाँ हुनुपर्ने छ ।

त्यस्तै व्यक्तिगत खातामा ९० प्रतिशत ऋण तथा निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराइने उनले जानकारी दिए । बैङ्कको सातै प्रदेशमा १ सय २७ वटा कार्यालय र १ सय २० वटा एटिएम सञ्चालनमा छन् ।