विराटनगर । रोयल ब्रदर्सले जावाको नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको छ ।

विराटनगरस्थित  आधिकारिक विक्रेता रोयल ब्रदर्सले जावा ४२ २.१ नयाँ मोडलको  मोटरसाइकल  विराटनगर–४गोग्राहा चौकस्थित जावाको शोरुममा एक कार्यक्रम आयोजना गरी सोमबार यो मोटरसाइकल बजारमा ल्याएको हो । कार्यक्रममा नेपाल अटोमोवायल्स डिलर एशोसिएशन अफ नेपाल नाडाका केन्द्रीय उपाध्यक्ष सुवास आचार्यले जावाको नयाँ मोडलको मोटरसाइकलको उद्घाटन गरे ।

आम ग्राहकको चाहना अनुसार जावा ४२ २.१ नयाँ मोडलको बाइक बजारमा ल्याएको रोयल ब्रदर्सका प्रबन्ध निर्देशक मनोजविक्रम शाहले जानकारी दिए । नयाँ भर्सनको जावा मोटरसाइकल पहिलेको तुलनामा निकै उत्कृष्ट र आकर्षक रहेको कम्पनीले जनाएको छ । जावा ४२ भर्सन २१ मा पहिले जस्तै २ सय ९३ सीसी लिक्विड कुल्ड सिङ्गल सिलिन्डर डीओएचसी इन्जिन दिइएको छ ।

जुन इन्जिनले अधिकतम् २७.३ पीएस पावर र २७.०२ एनएम टर्क प्रदान गर्दछ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ । सो बाइकको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ भने डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ ।

जावाले यसमा क्रस पार्ट टेक्नोलोजीको प्रयोग गरेको छ । जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउँछ ।  सो बाइकमा १४ लिटरको इन्धन ट्याङ्की दिइएको छ भने यसको वजन १ सय ७० केजी रहेको छ । सो बाइकले ३७ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । त्यसैगरी यसमा १३ स्पोक अलोय ह्विल रहेको छ ।

यसैबीच जावाको अन्तर्राष्ट्रिय दिवसको अवसरमा रोयल ब्रदर्सले  वृक्षरोपण पनि गरेको छ ।  मोटरसाइकल र्यालीले विराटनगर परिक्रमा गरेपछि सुनसरीको  बर्जुमा पुगेर वृक्षरोपण गरेको रोयल ब्रदर्सका प्रबन्ध निर्देशक मनोजविक्रम शाहले जानकारी दिए । वृक्षरोपण कार्यक्रममा बर्जु गाउँपालिकाका प्रमुख जीवछकुमार राय र उपप्रमुख नितुकुमारी चौधरीको पनि उपस्थिति रहेको थियो ।