देउराली । सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विजय श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले निकटतम प्रतिस्पर्धी शिवराज श्रेष्ठलाई  ५ सय ८९ मतान्तरले हराउँदै १ हजार २ सय २५ मत प्राप्त गर्दै विजयी भएका हुन् । अध्यक्षमा उम्मेदवार शिवराजले ६ सय ३६ मत प्राप्त गरेका छन् भने अर्का अध्यक्षका उम्मेदवार पवन अग्रवालले ३ सय ३३ मत प्राप्त गरेका छन् । सोमबार भएको निर्वाचनमा  सङ्घको २ हजार ९ सय ७७ कुल मत मध्ये २ हजार २ ७८ मत खसेको निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले बताएका छन् ।

सङ्घको २ वटा बस्तुगत सदस्य पदमा ४ जनाको उम्मेदवारी रहेकोमा रामस्वरूप शर्मा र नारायण लिम्बुले क्रमशः ११ र १० मत पाएर विजयी भएका छन् ।  १८ जना मतादाता रहेको बस्तुगत तर्फ १९ बता खसेपछि १ मतलाई छानेर नष्ट गरेपछि मतगणना सुरु गरिएको थियो । 

 १४ सय मत खसेको उद्योग तर्फका सदस्यमा पीयूषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान र विष्णु बरालले क्रमशः ५७८, ५३२, ५२१ र ४९३ मत प्राप्त गर्दे  विजयी भएका छन् ।

त्यस्तै , ७८२ मत खसेको सङ्घको वाणिज्य तर्फको सदस्य पदमा  उपेन्द्र चाम्लिङ (६२२ मत),  किसान मास्के (६६४ मत), जयप्रकाश शर्मा (६६४ मत), नविन राजभण्डारी ( ६७५ मत), मनाेजकुमार अग्रवाल  ताेदी (६१९ मत), राजेश अग्रवाल (६४४ मत), शैलेशकुमार आचार्य (प्रमोद) (६५१ मत) र शशि साह (६७१ मत) विजयी भएका छन् । 

सङ्घको वाणिज्य महिला सदस्यमा  बर्षा अग्रवाल श्रेष्ठले ८०१ मत प्राप्त गर्दै विजयी भएकी छन् । 

सङ्घको  एशोसियट तर्फ भने गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह, उद्योग महिलामा स्तुति श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सङ्घको कार्यसमितिको बैठकबाट २ जना र अध्यक्ष आफैले २ जना सदस्य गरी थप ४ जनालाई मनोनयन गर्ने प्रावधान रहेकाे छ । निवर्तमान अध्यक्ष पदेन कार्यसमिति सदस्य रहने  निर्वाचन अधिकृत डा.शर्माले बताए ।

 सङ्घको प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवका रूपमा  बैठकबाट पदीय जिम्मेवारीको वाडफाड गरिने छ ।