उर्लाबारी । उर्लाबारीमा पहिलो पटक शुक्रबार देखि तिन दिवसीय आदिवासी जनजाती फुड फेष्टिबल तथा सांस्कृतिका कार्यक्रम शुरु भएको छ ।

 आदिबासी जनजातीहरुको आर्थीक समृद्धि सँगै पहिचाहनलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरीएको आयोजक महासंघका  सचिव नारायण राईले  बताएका छन ।

 उर्लाबारी नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्ग फागोले उद्घाटन गरेको उक्त फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, नेवार सहित विभीन्न १४ जातजातीका मौलीकता  सहित पराम्परागत खानाका परिकारहरु राखीएको छ ।

आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष मणीलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उदघाटन समारोहमा निवर्तमान नगर प्रमुख फागोले आफनो कार्यकालमा बिनीयोजन गरेको  नगरको बजेटले कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदै“ वर्तमान जनप्रतिनिधीहरुलाई यस किसीमको कार्यक्रमलाई निरन्तरता दिन बजेट विनीयोजन गर्न सुझाएका छन ।

 सामाजीक अगुवा रुद्रबहादुर तामाङ, शम्शेर लिम्बु सहितका राजनितीक दलका नगर प्रमुख सहितका वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य प्रकट गरेको थिए । कार्यक्रम असार असार ५ गते सम्म संचालन हुने आयोजकले बताएका छन ।

सोही अवसरमा २०७९ को स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान समेत गरीएको थियो । उर्लाबारी नगरपालिकाको आर्थीक सहयोगमा भएको उक्त  कार्यक्रममा सवै जातजातीका संस्कृतिक कार्यक्रम सगै शुरु आ–आफनो भेषभुषामा सजीएका सहभागीले नगर परिक्रमा समेत गरेका थिए ।