धनकुटा । नेपाल पूर्व प्रहरी संगठनको मंगलबार सम्पन्न दोश्रो धनकुटा जिल्ला भेलाले डम्बर कटवालको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला भेलाले उपाध्यक्ष द्वयमा योगेन्द्र कार्की, सुरेश आले, सचिवमा ज्ञान बहादुर थापा, सह–सचिवमा मेघराज शाही र कोषाध्यक्षमा दीपकराज लामा सर्वसम्मत चयन भएका छन् ।
त्यसरी संगठनको सदस्यहरूमा दिनेश सुवेदी, किशोर परियार लगायतका रहेका छन् ।
नेपाल पूर्व प्रहरीका अध्यक्ष हर्क नारायण वादिरी कुलुङको अध्यक्षरतमा सम्पन्न दोस्रो जिल्ला भेलाको समुद्घाटन सत्रमा संगठनका प्रदेश नं।१ का अध्यक्ष बाबुराम श्रेष्ठ, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहाल लगायतले शुभकामना मन्तव्य गरेका थिए ।
सो अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेसका अध्यक्ष सन्तवीर लामा, पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष विदुर खवास लगायतले पनि नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई बधाई ज्ञापन गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।