भोजपुर। भोजपुरमा विद्यार्थीहरूलाई लागु औषध सम्बन्धी अनुशिक्षण दिइएको छ । लागु औषधमा विद्यार्थीहरू नफसुन् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय भोजपुरले विद्यार्थीहरूलाई अनुशिक्षण दिएको हो । भोजपुर नगरपालिका ६, देउरालीमा रहेको सुम्निमा बहु प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूलाई अनुशिक्षण दिइएको प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइराला बताए ।
उनले भने, ‘ बिद्यार्थीहरुलाई दिइने अनुशिक्षणले लागु औषधमा फसेकाहरूलाई सुधार्न मद्दत मिल्छ , यसका लागि सिंगो समाज एकजुट हुनु आवश्यक छ । लागु औषधका विषयमा जनचेतना जगाउन सके नियन्त्रणमा समेत सहज हुने प्रमुख जिल्ला अधिकारी कोइरालाको भनाइ छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक नितेशकुमार सिंहले लागु औषधको असर, जोगिने उपाय र कानुनी प्रावधानका विषयमा अनुशिक्षण दिनु भएको छ । लागु औषध नियन्त्रणका बारेमा बुझ्न पाएकोमा अनुशिक्षणमा सहभागी विद्यार्थी समेत खुसी भएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोइराला सहित जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राई, प्रमुख अनुसन्धान अधिकृत डिल्लीराम भट्टराई, शिक्षालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरी एक सय पचास भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।