भद्रपुर । झापाको हल्दिबारीमा गए राती पानीसँगै परेको चट्याङ लागेर पाँच वटा सुँगुर मरेका छन् । चट्याङ लागेर गए राति ११ बजेतिर चार वटा ठुला सुँगुर र एउटा बच्चा गरी पाँच वटा सुँगुर मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

हाल्दीबारी गाउँपालिका– ५ कन्चनश्री बजार नजिकै रहेको केरुङ कृषि फर्मभित्र  चट्याङ परेको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए । पालिएको सुँगुर मर्दा एक लाख मूल्य बराबरको क्षति भएको वडा अध्यक्ष खड्गप्रसाद लावतीले जानकारी दिए ।