बेलबारी । मोरङको सुन्दरहरैचा नगरपालिका–७ बेलगाछीस्थित गछिया खोलामा ट्रिफर आतंक रहेको छ । खोला किनारमा लोडर ९एक्स्काभेटर० र टिपरको लर्को नै लाग्ने गर्दछ ।
सहमति विपरीत क्रसर उद्योगले जबरजस्ती क्रसर सञ्चालकको बलमा मंगलबार स्थानीयले सडक छेक्न लगाएका फलाम र बाँसका ढाट भत्काएर स्थानियहरूलाइ कुटपिट गरी टिपर जबरजस्ती चलाउँदा स्थानियहरूले बिरोध गरेका छन् ।
तत्कालिन नगरप्रमुख शिव ढकाल सहित व्यवसायी र स्थानीयबिच अत्यावश्यक बाहेक व्यावसायिकहरूले व्यापार प्रयोजनको लागि गाडी नचलाउने भन्ने सम्झौता भएको थियो । सो सम्झौता बिपरीत ढाट भत्काउने क्रममा क्रसर व्यवसायीहरूले स्थानियहरूलाइ कुटपिट समेत गरेका थिए । स्थानीयहरूले टिपर कुदेको कारण जमिन थर्किएर घर चर्किएको,धुवाँ धुलोले वातावरणमा प्रदूषित भएको, धन जनको समेत क्षति भएको र धुलोको कारण बिरामी समेत भएपछि स्थानीयले विरोध गरेका थिए ।
स्थानीयमाथि आक्रमण भएको भन्दै स्थानीय गोकुल प्रसाईँ सहितका ८ जनाले क्रसर व्यवसायी विरूद्भ इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका छन् । तिरूपति पूर्वाञ्चल क्रसर उद्योगका सञ्चालक नरेन्द्र सोनी, पूर्वाञ्चल क्रसर उद्योगका सञ्चालक शारदा ढकाल, टिपर सञ्चालक तारा पराजुली सहित १०० जना भन्दा धेरैका विरुद्ध जाहेरी परेको बेलबारी प्रहरीले जनाकारी दिएको छ ।
स्थानीय माथि आक्रमण हुँदा प्रहरी मुकदर्शक भएको र क्रसरका सञ्चालक सँग प्रशासन डराएको स्थानीय तेजप्रसाद सिटौलाले आरोप लगाएका छन् । स्थानीय महिलामाथि समेत क्रसर व्यवसायीका मान्छेहरूले अपशब्द बोल्ने र धम्की दिने र घर भित्र पसेर नै अभद्र व्यवहार गरेको स्थानीयले बताए ।
सुन्दरहरैंचा नगरपालिकाका ७ का वडाअध्यक्ष भुवन सिंह आलेमगरले घटना निन्दनीय भएको प्रतिक्रिया दिएका छन् । उनले भने “घटना निन्दनीय छ, यस घटनाका दोषीलाई कारबाही पछि मात्रै समस्या समाधानको बाटोमा जान सकिन्छ ।”