धरान । हुलास स्टिलको आठौं शाखा इटहरीमा खुलेको छ । करिब ६ कठ्ठा क्षेत्रफलमा मोरङ सुन्दरहरैंचा नगरपालिका–४ बलिया चोकमा इटहरी शाखाको नामबाट स्थापना भएको हो ।
प्रदेश १ को विराटनगर र बिर्तामोडमा यसअघि नै शाखा सञ्चालन भइसकेको हुलास स्टिलका मुख्य बजार व्यवस्थापक अशोक सिंहले जानकारी दिए । उनका अनुसार इटहरी प्रदेश १ को व्यापारिक केन्द्र भएकाले पनि शाखा स्थापना गरिएको बताए ।
उनका अनुसार अब चाँडै अत्तरियामा शाखा खोल्न लागिएको हो । नेपालमा ९ स्थानमा शाखा रहे पनि हाल ८ स्थानमा सञ्चालित रहेको छ ।
हुलास कम्पनीले आफ्ना उत्पादनहरूलाई बिक्रेतामाझ सहजै पुर्याउने उद्देश्यले बलियामा इटहरी शाखा खोलेको हो । ‘नजिकका व्यापारीहरूलाई सहज होस् भनेर कम्पनीले शाखा खोलेको हो’ व्यवस्थापक सिंहले भने, ‘हामीले यहीँबाट कम्पनीको मूल्यमा सामानहरू दिन्छौं ।’
हुलास स्थापना भएको ४१ वर्ष पुगिसकेको छ । हुलासको गुणस्तरीयतालाई ध्यानमा दिएर ग्राहकहरू सबैले हुलास मन पराइदिएको उनको भनाइ छ । ‘गुणस्तरीय मार्केटलाई प्राथमिकता दिन्छौं । हाम्रो सामानमा कति एमएमको छ, कति वेटको हो, त्यो सबै लेखिदिएको हुन्छ’ उनले भने, ‘यही विश्वासको वातावरणका कारण बजारमा हामी स्थापित भएका छौं ।’