बेलबारी ।  राज्यले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कषकलाई पाँचौ अंगको रुपमा मान्यता दिनुपर्ने नेकपा एमाले प्रदेश १ कमिटि सदस्य प्रतापकुमार थापाले माग गरेका छन् । 

थापाले बेलबारी नगरपालिकाले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिए मात्र नगरको बिकास सम्भव हुने उनको भनाई  थियो । बेलबारी नगरपालिकाको आर्थिक सहयोग र  बेतना दैनिकको आयोजनामा भएको ३ दिने उदघोषण तथा क्षमता बिकास तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

तालिम मात्र लिएर नहुने त्यसलाई ब्यबहारमा समेत लागु गर्न उनले सहभागीहरुलाई सुझाव समेत दिए ।

कार्यक्रममा नेकपा एमाले बेलबारीका अध्यक्ष ईरान राई,नेपाली काँग्रेस बेलबारीका सचिब जनक पोख्रेल,उद्योग बाणिज्य संघ बेलबारीका कार्यबहाक अध्यक्ष राजेशजंग कार्की,संघिय लोकतान्त्रिक मञ्चका जिल्ला सदस्य जोगबहादुर लिम्बु लगायतले मनतब्य ब्यत्त गरेका थिए ।

३५ जना बढी सहभागी तालिममा बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रम बेतना दैनिकका प्रधान सम्पादक राजकुमार लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।