भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका ३ सिन्द्राङमा जंगली च्याउको तरकारी खादा ५ वर्षीय बालिका कृति राईको मृत्यु भएको छ ।
जंगली च्याउँको तरकारी पकाएर खादा बिरामी भएकी बालिकाको सोमबार राती ८ बजे मृत्यु भएको हो । बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारको क्रममा मृत्यु भएको हतुवागढीका शंकरहरी राईले बताए ।
जंगली च्याउको तरकारी खादा मृतक बालिकाका बुबासहित एकै परिवारका अन्य पाँच जना बिरामी परेको उनले जानकारी दिए । बिरामी पर्नेमा बालिकाका बुवा ४३ वर्षीय आश कुमार राई , ३८ वर्षीय आमा धन कुमारी राई , दिदी १० वर्षकी योगिता राई , ८ वर्षकी सुमित्रा राई र ३ बर्षकी बहिनी सृष्टी राई रहेका छन् ।
बिरामी पाँचै जनाको प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।