बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ ले विश्व वातावरण दिवस मनाएको छ । आज विश्व वातावरण दिवसको अवसर पारेर वडा नम्बर ५ ले स्वस्थ वडा निर्माणकालागि सरसफाई कार्य थालनी गरेको हो।
राजनीतिक दलका प्रतिनिधि,विभिन्न संघ सस्थामा आवद्ब व्यक्तित्वहरु,विद्यालयका शिक्षक विद्यार्थीहरुलाई निमन्त्रणा गरि बिहान ८ बजेको समयमा सरसफाई कार्यक्रम गरेको हो। आ आफ्नो वडा सफा र स्वच्छ राख्न सके केही रोग लाग्नबाट वञ्चित हुन सक्ने उद्देश्यका साथ वडाले उक्त कार्यक्रम राखेको हो ।
सरसफाईका क्रममा वडा कार्यलय प्राङ्गणबाट माझी टोल हुँदै पासाङ चौक,जडेज मावि स्कुलपरिसर लगायत कालाबन्जर चौक वरिपरि सरसफाई गरेको हो।आफ्नै घरवरिपरी,चौक चौकमा आफूले उपभोग गरिएका प्लाष्टिक,सडेगलेका खानेकुराले फोहोर देखिन्थ्यो। त्यस्ता फोहोरमैला प्लाष्टिक झोलामा जम्मा गर्दै फोहोर फाल्ने भाडा र गाडीमा जम्मा गरिएको थियो।
सरसफाई कार्यक्रमले जनतामाझ सरसफाई गर्नु पर्छ भन्ने चेतना फैलाउने काम वडाले गरेको छ। बराहक्षेत्र वडा नम्बर ५ का वडाध्यक्ष रोहित काफ्लेले आफ्नो वडालाई स्वस्थ राख्न र नमुना वडा बनाउने कार्यको थालनी भएको बताए । उनले भने " विकासका खुड्किला भनेका यिनै सानातिना कुरा पनि हुन हामीले यश कार्यबाट जनचेतना फैलाउने काम गरेका छौँ । सकेसम्म वडाबासीहरु सचेत भइ आफ्नो घर,टोल र समुदाय सफा राख्नु हुने छ ।"
उनले वडाले फोहोर मैलाको सही व्यवस्थापन गर्दै स्वस्थ नागरिक भई बाँच्न वडा सबैसित हातेमालो गर्ने समेत प्रतिबद्धता राखे । मुनबिम एकेडेमीका शिक्षक बिदुर चौलागाई,जडेज मा विका शिक्षक राजेन्द्र यादव,सिद्धार्थ मेमोरियल स्कुलका प्रिन्सिपल कृष्ण तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने मुन बिम एकेडेमीका छात्र समीर विष्ट,जडेज मा विकी छात्रा पविना कार्की,प्रितम यादवलाई समेत शुभकामना मन्तव्य राख्न दिइएको थियो ।
कार्यक्रममा मुन बिम एकेडेमी,सिद्धार्थ मेमोरिय स्कुल,जडेज मा वि,डिभाइन लाइट स्कुलका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो भने राजनीतिक दलका प्रतिनिधि,बुद्धिजीवि व्यक्तित्वहरुको समेत उपस्थिति रहेको कार्यक्रममा वडाले सरसफाई मा सहभागी हने सबैलाई माक्स र ग्लब प्रदान गरेको थियो।