धरानमा एक युवाले आफ्नै आमा माथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ  । 

प्रहरीका अनुसार  धरान उपमहानगरपालिकाको वडा नम्बर १४ स्थित हात्तीसारमा बस्दै आएको ४२ वर्षीय शान्ति सुवेदीलाई आफ्नै छोरा २५ वर्षीय सौगात सुवेदीले खुकुरी प्रहार गरेका हुन् । 

छोराको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी शान्तिको उपचारका लागि विराटनगर स्थित  न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

आमामाथि खुकुरी प्रहार गरेका सौगातले आफ्नो घाटी समेत रेटेकाले उनको धरान स्थित वीपीकोइराला स्वस्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।