धरान १५ मा नेकपा एमालेकाे प्यानल विजयी भएकाे छ । अधिकृतले सार्वजनिक गरेको अन्तिम परिमाण अनुसार एमालेका वडाध्यक्षका उमेदवार नरेश इवारमले ३६०८ मत प्राप्त गरि निर्वाचित भएका हुन।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका  उम्मेदवार  सुवास खवासले१८८२ मत प्राप्त गरेका थिए। इवारमले १७२६ मतको अन्तरलेपछि पार्दै दाेस्राे कार्यकालका लागि विजयी भएका हुन् । 

यस अघि २०७४ सालकाे निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका उनले एककार्यकाल पुरा गरिसकेका छन् । 

वडाकाे सदस्यहरूमा एमालेबाट महिला सदस्यमा  सृजना नेपालले  २६८३, दलित महिला सदस्यमा रचना नेपाली २६३९,खुला सदस्यमा बादल भट्टराई २५३३ र अर्का खुला सदस्यमा रंगलाल गिरिले  २४०३ मत प्राप्त गरेर विजयी भएका हुन् ।