धरान उपमहानगरपालिकाकाे ८ नम्बर वडामा नेकपा एमालकाे प्यानल विजयी भएकाे छ ।  निर्वाचना अायाेगकाे कार्यालयले सार्वजनिक गरेकाे अन्तिम मतपरिणाम अनुसार एमालेबाट वडा नम्बर  ८ काे अध्यक्ष पदका उमेदवार धनबहादुर राई १७२५ मत प्राप्त गरेर विजयी भएका छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उत्तम राईले  ९०८ मत प्राप्त गरेका छन् । 

वडाकाे महिला सदस्यमा एमालेकी देवी लामा, दलित महिलामा सावित्री परियार, खुल्ला सदस्यहरूमा देवी प्रसाद पाेखरेल र रविन्द्र श्रेष्ठ विजयी भएका छन् ।