धरान उपमहानगरपालिकाको वडा नम्बर  २० को मत परिणाम सार्वजनिक गर्न माग राख्दै काँग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । बुधबार  वडाको मत पेटीकामा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर विना भेटिएपछि विवाद भएको थियो ।

माओवादी कार्यकर्ताहरूले  उक्त हस्ताक्षर भएको मत पत्रलाई समेत सदर मान्नु पर्ने भन्दै माग गरेका थिए । आन्दोलित बनेका माओवादीकार्यकताहरूले निर्वाचन कार्यालय अगाडिको तार जाली तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । 

 तनावपूर्ण स्थिती सिर्जना भएपछि बाँकी वडाको मत गणना समेत स्थगित गरिएको थियो । बुधबार राती बसेको सर्वदलीय बैठकमा  मतदान अधिकृतलाई कारबाहीको सिफारिस गरिने, मत बदर मान्ने र सो वडाको पुनः मतगणना गर्ने सहमति अनुसार  २० को थाती राखेर बिहीबार बिहान ८ बजेदेखि अन्य वडाको मतगणना सुचारु गर्ने दलहरूले सहमति भएको थियो ।

सहमति अनुसार मत गणना भइरहँदा वडा नम्बर २० को मत परिणाम सार्वजनिक गर्न माग गर्दै नेपाली काङ्ग्रेसका कार्यकर्ता मतगणना स्थल अगाडि नाराबाजी गर्न थालेका छन् ।

अधिकृतको हस्ताक्षर नभएका ११ वटा मतपत्रमा मा माओवादीको उम्मेदवारमा मत खसेको पाइएको छ ।