विराटनर । चार दशकदेखि पाल्दै आएको ‘टुपि’ काटिदिएको भन्दै मोरङको एक ब्रामाणले कारवाहीको माग राख्दै प्रहरीमा उजुरी दिएका छन् । मोरङ कटहरी गाउँपालिका ४ घर भइ विराटनर १२ मा बस्दै आएका ५२ वर्षिय मनोज शर्माको कम्बरसम्मको एक फिट लामो ‘टुपी’ काटिदिने मान्छेलाई कारबाहीको माग राख्दै मोरङ प्रहरीमा उजुरी दिएका हुन् । 

शर्माको टुपी मोरङको कटहरी गाउँपालिका ४ का फिरोज मियाँले काटिदिएको आरोप छ । मियाँले १३ वैशाखमा राती साढे ७ बजे कटहरी ४ मा टुपीमा तानेर कैचीले जवरजस्ती काटिदिएको शर्माको भनाई छ ।

यस्तो छ घटना 

शर्मा विराटनगर बस्दै आएपनि उनको कटहरी ४ मा खेतीयोग्य जग्गा जमिन रहेको छ । उनी खेतीयोग्य जमिनको रेखदेख गर्न कटहरी जादछन् । सिचाइ नहुने भएकोले खेतीयोग्य जमिनको लागि उनले पानी तान्ने मोटर खेतमै राखेका छन् ।

‘एक दिन खेतमा राखेको मोटर चोरी भयो । चोरी भएको मटर फिरोज मियाँले लिएर हिडेको हामीले रंगेहात फेला पारियो,’ शर्माले भने, ‘हामीले चोरी गर्नेलाई कारवाहीको माग राख्दै प्रहरीमा उजुरी दिएका थियौं । उजुरी परेपछि फिरोजले हामीलाई प्रहरीमा दिएको निवेदन फिर्ता लिएर मिल्न दबाब दिदै आएका थिए । त्यही उजुरी फिर्ता निलदिएको भन्दै १३ वैशाखमा राती कटहरी घरमा बसेको मलाई टुपीमा तानेर सडकमा ल्याएर काटिदिएको छ ।’

अहिले उनी काटिएको टुप्पी हातमा बाकेर मोरङ प्रहरीमा कारवाहीको लागि आउने गरेका छन् । ‘प्रहरीमा उजुरी त लियो । तर, अहिलेसम्म टुप्पी काटने मान्छेलाई प्रहरीले पक्राउ गरेको छैन,’ बुधबार टुप्पी बोकेर मोरङ प्रहरी परिसर बाहिर भेटिएका शर्माले भने, ‘मेरो चार दशकदेखि पालेको टुप्पी काटनेलाई कडा कारवाही हुनुपर्दछ ।’ आफु गुरुकुलमा अध्ययन गरेको ब्रमाहण भएकोले टुप्पी पाल्ने हाम्रो परम्परा रहेको उनले सुनाए । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालले टुप्पी काटेको घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । ‘हामीले उजुरी लिएर घटनाको अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’