बिर्तामोड । झापामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका वडा नं. २ मा चट्याङ लागेर २६ बर्षका भेना हस्दाको मृत्यु भएको हो ।

आइतबार राती १ः३० बजे ट्वाइलेट गर्न घर बाहिर निस्किएका उनको बर्षासँगै परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।