विजयपुर । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेकोे छ ।

सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर वृद्धि हुँदै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

वृद्धि भएको मूल्य शनिबारबाट लागू हुनेछ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलसमेतको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ ।

निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् राखिएको छ ।