धरान । लायन्स क्लब अफ धरान बूढासुब्बाको तेह्रौं स्थापना दिवस मनाएको छ । धरान–९ स्थित फ्रेन्ड्स गार्डेनमा मङ्गलबार सम्पन्न स्थापना दिवसमा पूर्वअध्यक्ष तथा चार्टर सदस्यहरूलाई बधाई तथा सम्मान गरिएको छ ।
कार्यक्रममा स्पोन्सर लायन्स क्लब विराटनगर एक्टिभ अध्यक्ष सन्तोष बस्नेतलाई पनि सम्मानित गरिएको छ । त्यस्तै नरनाथ सापकोटा र विकास अधिकारीलाई स्मृति चिह्नले सम्मानित गरिएको छ ।
यस्तै इलेक्टेड डिजी धीरज गुरुङलाई बधाई पत्र हस्तान्तरण गरिएको छ भने डिस्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्कीलाई सम्मान–पत्र प्रदान गरिएको कार्यक्रम संयोजक मणिराज अधिकारीले जानकारी दिए ।
प्रेमराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा चार्टर सदस्य विष्णु बराल, जोन चेयरपर्सन मानगभत चाम्लिङ, रिजन चेयरपर्सन कविता लिम्बू, इम्प्याक्ट एरिया चिफ शान्ति श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिए । धरानमा १७ वटा लायन्सहरू रहेका छन् ।