धरान। एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई लक्षित गर्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।

ग्राहकले एनसेल एपमार्फत् आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डेटा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । अफर वैशाख २३ गतेबाट लागू भएको जनाइएको छ । एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउने जनाइएको छ ।

एपमार्फत् ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले १ दिनका लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । १ सयदेखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २ सय एमबी डेटा पाउँछन् । त्यसैगरी २ सय वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५ सय एमबी डेटा पाउँछन् ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ, जसमा ५ जीबी डेटा भोल्युम र १ सय मिनेट अल नेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ ।

करसहित १ सय ६८ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी सजिलै लिन सकिन्छ । भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले मात्र ९४ मा ७ दिनका लागि मान्य १ सय ५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्ने जनाइएको छ । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ३ ह्यास डायल गरी यो भ्वाइस प्याक लिन सक्छन् ।