मोरङको कानेपोखरी ट्याक्टरकाे ठक्करबाट एक ८१ वर्षीय बृद्धकाे मृत्यु भएकाे छ ।
साेमबार बिहान करिब साढे ७ बजे गाउँपालिका ७ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०२-००३ त ८२० नम्बरको ट्यकटरले पैदल यात्री लेटाङ ५ का ८१ वर्षीय मान बहादुर राई ठक्कर दिएकाे थियाे ।
ट्याकटरकाे ठक्करबाट गर्म्भिर घाइते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएकाे छ । कार्यालयका अनुसार ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ ५ मोरङका महेश कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।