धरान । धरान रन समूहले दशौं धरान रन नेवा च्यारेटी १० किलोमिटरको आयव्यय सार्वजनिक गर्दै २ लाख रुपैयाँभन्दा बढी फाइदा भएको जनाएको छ ।
सम्पूर्ण खर्च कटौति गरी २ लाख ३७ हजार ९ सय ७५ रुपैयाँ आम्दानी भएको धरान रन समुहका अध्यक्ष रमु राईले शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए । उक्त रकम नेवा शैक्षिक फन्डमा जम्मा गरिने जनाइएको छ । त्यसक्रममा १२ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । नेवा शैक्षिक फन्डमार्फत् उनीहरूलाई सहयोग गरिएको हो ।
सहयोग पाउनेमा नानी तामाङ, रेविका बोगटी, लाक्पा छिरिङ शेर्पा, तारा कार्की, समर्पण राई, मनिता घतानी, नेहाम कार्की, उषा राई, अनु राई, नमुना कठैत, तोहिब अन्सारी र निर्मल थापा मगर छन् । हालसम्म १२ लाखको अक्षयकोष निर्माण गरिसकेको अध्यक्ष राईले बताए ।