मदिरा सेवन गरेर कार्यक्रम बिथल्न खाेजेकाे भन्दै प्रहरीले नियन्त्रणमा लिएका धरान ३ का वडा अध्यक्ष छाडिएका छन् । शुक्रबार साझ वडाकाे तुर्के स्थित सरस्वती बाल अनाथ आश्रम नजिकै राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी कार्यक्रमा पुगेका वडा अध्यक्ष आशाकुमार श्रेष्ठले जथाभाबी बाेल्दै गालीगलौज गर्ने र बिथल्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।
नियन्त्रणमा लिइएका वडा अध्यक्ष श्रेष्ठलाई राती १० बजे परिवारकाे जिम्मा लगाइएकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।
साझ करिब ६ बजे खुल्ला ठाउमा भइरहेकाे कार्यक्रम स्थलमा पुगेका श्रेष्ठले जथाभाबी बोल्न थालेपछि अवस्था असामान्य बन्न पुगेका कारण प्रहरीलाई खबर गर्नु परेकाे राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व क्षेत्रीय अध्यक्ष लक्ष्मण बस्नेतले बताएका छन् ।
राप्रपा सुनसरी १ क का अध्यक्ष रहेका लोहनीले जनप्रतिनिधि नशाको सुरमा गरेको व्यवहार लज्जास्पद भएको बताएका छन् ।