पाल्पामा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने ४ जना गम्भिर घाइते भएका छन् ।
रैनादेवि छहरा गाउँपालिकास्थित ६ काे पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक देखि करिब चार सय मिटर तल खसेर दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी साेही वडाकाे धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
कार्यालयका अनुसार मृतक जिसी बस धनी र चालक समेत हुन् । दुर्घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएका छन् । घाइते हुनेहरू मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको र एक जनालाई भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।