यासोक । पाँचथरको कुम्मायक गाउँपालिका—२ माङजाबुङमा किरात याक्थुङ सेर्मा सङजुम्भोको चौथौ महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सुरु भएको छ ।
महासम्मेलनको उत्घाटन कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम आङसिमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ सावा पवित्रहाङमा लिङ्देनले गरे । सो अवसरमा प्रमुख अथिति आत्मानन्द लिङदेनले सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण, सेर्मा संग्राहलय शिलान्यास तथा माङहिम उद्घघाटन समारोहमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
सेर्मा संजुम्भोको महाधिबेसन कार्यक्रममा दुई वटा हेलिकप्टर चार्टर गरी धर्मगुरुको टोलिले सङजुम्भोको महासम्मेलनको उद्धघाटन गर्न पुगेका थिए । लिङदेनले माङजाबुङ प्राकृतिक सुन्दरताले भरिपूण भएको उल्लेख गर्दै धार्मिक सम्पदा र सस्कृतिको संरक्षण र सम्वर्दन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथिहरु नेकपा ऐमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बसन्तकुमार नेम्बाङले सेर्माहरुले आफ्नो वंस र इतिहासको संरक्षण गर्न देखाएको तत्परर्ताको खुलेर प्रशंसा गरे । उनले नेतृत्वमा जोसुकै पुगे पनि सेर्माहरुको धार्मिक सम्पदा र संग्राहलयसम्म पुग्ने सिडी निर्माण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्बे सेर्माले आफ्नो भाषा, कला र बंसावलीको संरक्षण गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अमरसिं थापा, राप्रपाका केन्द्रीय सदस्य तथा प्रवक्ता सगुनसुन्दर लावती, लगायत बिभिन्न राजनीतिकदलका प्रतिनिधिहरुको उपस्थीति थियो ।
सेर्मा सङजुम्भोको महाधिवेशनमा विभिन्न धार्मिक, शैक्षिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, साहित्यिक क्षेत्रमा योगदान पुर्याएका सेर्माहरुलाई सम्मान गरेको छ । सम्मेलन चैत २५ गतेसम्म सञ्चालन हुने किरात याक्थुङ पापोहाङ सेर्मा सङ्जम्भोका अध्यक्ष जिबी याक्थुङबाले जानकारी दिए ।