यासोक —पाँचथरको कुम्मायक गाउँपालिकाका अग्नी पीडितलाई प्रवासी युवाहरुले सहयोग गरेका छन । कुम्मायक—१ ओखलढुङगाका अग्नी पीडित ओम बहादुर बुढाथोकीलाई दक्षिण कोरियामा श्रम गर्दै आएका प्रवासी युवाहरुले आर्थिक सहयोग गरेका छन ।

कुम्मायक गाउँपालिका घर भई हाल दक्षिण कोरियामा रहेका युवाहरुले सङ्कलन गरेको १ लाख १८ हजार ६ सय रुपैयाँ बुढाथोकीलाई सहयोग गरेका हुन । कोरियामा श्रम गर्दै आएका उपेन्द्र थापाले राहत सङ्कलन अभियान सञ्चालन गरी सो रकम हस्तान्त्रण गरेको बताएका छन ।

कोरियामा सङ्कलन गरेको रकम कुम्मायक गाउँपालिका शिक्षा शाखामा कार्यरत कर्मचारी भेषराज थापा मार्फत पीडित परिवारलाई बितरण गरेको हो । गत फागुन २६ गते दिउसो बुढाथोकीको तीन तले घर सहित ग्वाली जलेर नष्ट भएको थियो । आगलागीका कारण ठुलो क्षति गुमाएका बुढाथोकीलाई युवाहरुले हालसम्मकै ठुलो आर्थिक सहयोग गरेका हुन ।