मोरङको धनपालथान गाउँपालिका ३ डकुवा डाँडा स्थित रहेको एबीसी इटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबी एक बालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसाे साढे २ बजे ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबि अचेत अवस्थामा आफन्तले फेला पारेका थिए । 

बालकलाई तत्काल उपचारको लागी कोशी अस्पताल बिराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका  इलाका प्रहरी कार्यालय रंगेलीले जनाएकाे छ । कार्यालयका अनुसार घटकाे विषयमा  थप अनुसन्धान भइरहेको जनाएकाे छ ।

त्यस्तै, झापाको बुद्धशान्ति गाँउपालिका ३ स्थित मेची राजमार्गमा मोटरसाईकललाई पिकअप भ्यानले ठक्कर दिदा एक महिलाकाे मृत्यु भएकाे छ ।

मंगलबार बेलुका पौने ७ बजे दक्षिण तर्फ जादै गरेको  प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च ७८३८ नम्बरको  पिकअप भ्यानले ठक्कर दिदा घाइते भएकी मोटरसाइकलकाे पछाडि सवार सोहि स्थानकी ३८ वर्षीया शान्त सुब्बाको बि एण्ड  सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएकाे छ । 

कार्यलयका अनुसार  दुर्घटनामा घाइते भएकी मोटरसाइकल चालक ४२ वर्षीया कविता लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । भने पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका -६ का हर्क यावालाई कार्यालयले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएकाे छ ।

त्यसैगरी, झापाकै हल्दिबारी गाउँपालिका -२ पशुपति चोक स्थितमा करेन्ट लागेर हल्दिबारी -५ का ४८ बर्षीय बिक्रम तामाङकाे मृत्यु भएकाे छ । 

बुधबार बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको  बा.१ ज ७७४७ नम्बरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट लागेर चालक तामङ घाइते भएकी थिए ।  घाईते तामाङकाे  उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ   ।