धरान । नेपाल मगर विद्यार्थी सङ्घ महेन्द्र बहुमुखी क्याम्पस धरानको आइतबार सम्पन्न दोस्रो अधिवेशनले रोयल मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
क्याम्पसमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा अस्मिता मगर र वन्दना राना मगर, सचिवमा प्रतीक मगर, सह–सचिवहरूमा विवेक मगर र निकेश राना मगर, कोषाध्यक्षमा एलिस मगर चयन भए ।
यसैगरी सदस्यहरूमा नकुल मगर, सुसाई थापा मगर, कुसुम मगर, विकास मगर, मनकुमार मगर, विवश मगर, जानुका मगर, प्रतिमा मगर, प्रेमकुमार मगर, अस्पन मगर, शुशाद मगर, कोपिला मगर, पुष्पा मगर, रचना मगर, मङ्गलादेवी मगर र सुजिप मगर रहेका छन् ।
मगर सङ्घका धरान नगर अध्यक्ष चित्रराज थापा मगरको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपाल मगर विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विनोद आले मगरलगायतको उपस्थिति रहेको हो ।
नेपाल मगर विद्यार्थी सङ्घका अलावा विधानमा व्यवस्था भएअनुरूप धरानमा नगर स्तरीय भातृ सङ्गठनका रूपमा नेपाल मगर युवा सङ्घ, नेपाल मगर महिला सङ्घ, नेपाल मगर खेलकुद सङ्घ र नेपाल मगर सांस्कृतिक सङ्घ गठन भइसकेको छ ।