धनकुटा । धनकुटा नगरपालिका वडा नं.९ बाघखोरमा नेपाल तामाङ महिला÷म्हानिपा घेदुङको प्रथम वडा भेलाले रेश्मा दोङ तामाङलाई अध्यक्षमा चयन गरेको छ ।
नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाको सहजीकरण र आयोजनामा सम्पन्न भएको प्रथम वडा भेलाले उपाध्यक्षमा पालाङ दोर्जे लामा, सचिवमा सुस्मिता तामाङ, कोषाध्यक्ष मीना तामाङ र सह–सचिवमा गंगामाया तामाङ वम्जनलाई चयन गरिएको छ ।
घेदुङको सदस्यहरुमा राधा माया तामाङ, सरिता तामाङ, मदन गोले तामाङ, सीता सिङदान तामाङ र वुद्धमाया तामाङलाई चयन गरिएको छ ।
भेला नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कुलवहादुर तितुङ तामाङको अध्यक्षतमा सम्पन्न भएको थियो । भेलामा म्हानिपा घेदुङ जिल्ला समिति धनकुटा र म्हानिपा घेदुङ नगर समिति धनकुटाले संयुक्त रुपमा टासी ग्यापा (अष्टमंगल पाठ) गरेर कार्यक्रमको समुद्धघाटन गरेका थिए ।
सो अवसरमा महलिा घेदुङ धनकुाटका अध्यक्ष पेमा लामा, म्हानिपा घेदुङ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान तामाङ, म्हानिपा घेदुङ नगर समिति धनकुटाका सचिव लखी माया ब्लोन तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।