पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सुवेदीलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ । गाउ‘पालिकामा कार्यालय प्रमुखको रुपमा हाजिर भएका सुवेदीलाई जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका हुन । त्यस्तै पालिकाले लेखा शाखा प्रमुख सन्तोष राईलाई पनि स्वागत गरेको छ । 

गत फागुन १० गते एकै पटक प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी र लेखा शाखाका प्रमुख अनिल दुलाल सरुवा भएका थिए । त्यस यता गाउँपालिकाको सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको थियो । एक महिनापछि सुवेदी र राईको स्वागत गरिएको गाउँपालिकाले जनाएको छ ।

सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गाउ‘पालिकाको कार्यलयमा हाजिर भएका हुन् । भने राई जिल्ला समन्वय समितिको कार्यालयबाट आएका हुन । 

स्वागत समारोहमा सुवेदीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सकुशल रुपमा बहन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि र कर्मचारीसंग समन्वय गरेर नागरिकको सेवामा निरन्तर खट्ने बताए ।

कार्यक्रममा गाउ‘पालिका अध्यक्ष जयबहादुर चेम्जोङ्क उपाध्यक्ष सीता आचार्य, कुम्मायक—१ वडाअध्यक्ष देबेन्द्रकुमार लावती, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।