सुनसरी र ओखलढुङगामा  २ जनाकाे पानीमा डुबेर मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा ओखलढुङगाको मानेभञ्ज्याङ गाँउपालिका ९ का २५ वर्षीय ज्ञान प्रसाद पहाडी र इटहरी १५  आवाधी मधेसा स्थित एक पोखरीमा डुबेर  स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरी मृत्यु भएकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएकाे छ ।

कार्यालयका अनुसार शनिबार बेलुका ५ बजे घरबाट हिडेका पहाडीको खोजतलास गर्ने क्रममा साँझ साँढे ६ बजे पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।  बालक अचानक पोखरीमा डुबेको पछि उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको कार्यालयले जनाएकाे छ ।

कार्यालयका अनुसार घटनकाे थप अनुसन्धान भइरहेकाे छ ।