धनकुटा । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना गर्न नेपाली सेनाले विश्वको विभिन्न द्धन्द्धग्रस्त मुलुकमा विगतदेखि नै यूएन मिसनमार्फत् सहभागी भईरहेको छ ।
यसैक्रममा शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसंघलाई सहयोग गर्न लिबियामा खटिएको नेपाली सेनाको स्पेशल गार्ड यूनिट शान्ति सेनाको तेश्रो डफ्फा बदलिएको छ ।
सो टोलीलाई स्पेशलगार्ड युनिट शान्ति सेनाको चौथो डफ्फाले बदली दिएको छ । टोलीको कमाण्ड गर्दै सेनानी गेलाङ लामाको नेतृत्वमा ८९ जना नेपाली शान्ति सैनिक लिविया तर्फ शुक्रबार प्रस्थान गरेको छ ।
टोली नेपाल एयर लाईन्सको यूएन चाटर्ड विमान मार्फत काठमाण्डौंबाट मिसन इलाकातर्फ गएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा काठमाण्डौले जनाएको छ ।