विजयपुर/किरात राई चाम्लिङ खाम्वातिम्को पाँचौ राष्ट्रिय सम्मेलन धरानमा हुने भएको छ ।

बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको छ । सम्मेलन २८ गतेदेखि ३ दिन हुने आयोजकले जनाएको छ । पहिलो दिन उद्घाटनमा हुनुपूर्व भानुचोकदेखि ¥यालीसहित नगर परिक्रमा गर्ने खाम्वातिम्का अध्यक्ष युवराज राईले जानकारी दिए ।

उनले सम्मेलनमा चाम्लिङ थरहरूको भाषा संस्कार संस्कृति तथा लिपिलगायतका विषयमा छलफल गर्ने बताए । नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने जनाएको छ । सम्मेलनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्ने आयोजकले जनाएको छ ।